राप्रपा नेपालका उपाध्यक्ष पौडेलद्वारा पार्टी परित्याग

काठमाडाैँ । राप्रपा, नेपालका उपाध्यक्ष उद्धव पाैडेलले पार्टी त्यागेका छन् । उनले बिहीबार साधारण सदस्यसमेत नरहनेगरी पार्टी त्यागेका हुन् । उनले अध्यक्ष कमल थापालाई बुधबार नै राजीनामा बुझाइसकेका हुन् ।

उनी पार्टीकाे आर्थिक विभाग प्रमुखकाे भूमिकामा समेत थिए । राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा हारेपछि कमल थापाले आफ्नो पुरानै पार्टी राप्रपा नेपाल पुनःगठन गरेका छन् । उनले गत फागुनमा पार्टीको उपाध्यक्ष पदमा पाैडेललाई मनोनयन गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री