दुई किलो सुनका गहनासहित पाँच लाख नगद चोरी

काठमाडाैं – बुटवलमा लाखौं रुपैयाँको सुनचाँदी चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल ६ विपी चोकमा रहेको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट २ किलो सुनका तयारी गरगहना , २३ तोला काँचो सुन र नगद ५ लाख चोरी भएको हो ।

प्रहरी प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार हिजो राति पसल फोडेर सुनका गरगहना र नगद चोरी भएको हो । सञ्चालक डिलबहादुर सुनारका अनुसार रातको समयमा वेल्डिङ्ग मेसिनको प्रयोग गरेर तालाचावी फोडेर चोरी गरिएको छ । चोरी गर्ने व्यक्ति सीसीटीभी फुटेजमा स्पष्ट रुपमा देखिएकोले चोरी योजनाबद्ध नै भएको देखिने प्रहरीले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस