सत्ता गठबन्धनको प्रदेशस्तरीय कार्यक्रम रद्द, वैशाख २३ गते काठमाडौंमा सभा

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले आगामी वैशाख २३ गते काठमाडौंमा चुनावी सभा गर्ने भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बुधबार बसेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रले यस्तो निर्णय लिएको हो ।

यसअघि गत वैशाख ८ गतेको बैठकले सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको थियो । तर त्यो निर्णयलाई संशोधन गर्दै केन्द्रीय तहको चुनावी सभा वैशाख २३ गते दिउँसो १ बजे काठमाडौंमा गर्ने निर्णय भएको संयन्त्रका सदस्य सचिव अभिवक्ता केशवराज जोशीले बताएका छन् ।

उक्त सभालाई गठबन्धन दलका प्रमुख र संयन्त्रका संयोजकले सम्बोधन गर्ने भएका छन् । अन्य चुनावी सभाहरू आवश्यकताअनुसार गठबन्धनका दलहरुले स्थानीय तहमै गर्ने भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री