गरिमा क्यापिटलले १५.६५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । गरिमा क्यापिटलको प्रस्तावित लाभांश पारित भएको छ । कम्पनीको वार्षिक साधारण सभाले चुक्ता पूँजीको १५.६५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

यस्तै साधारण सभाले पाँच जना सञ्चालक चयन पनि गरेको छ । दिपक पाण्डेय, रमाकान्त बराल, यादवकुमार श्रेष्ठ, माधव प्रसाद उपाध्याय र अनिल श्रेष्ठ संचालकमा निर्विरोध चयन भएको जनाइएको छ ।

कम्पनीको सञ्चालक समितिले दिपक पाण्डेयलाई अध्यक्ष पदमा मनोनयन पनि गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री