काठमाडाैँ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन भरतपूर टाउन रेसिडेन्सीसँग विभिन्न सेवामा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले भरतपुरस्थित भरतपुर टाउन रेसिडेन्सी लाउन्ज एन्ड बार मा बसाइ र खाना तथा परिकारमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
तपाईंको प्रतिकृया



