काठमाडौँ । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीकाअनुसार ६ जना घाइतेको उद्दार गरी अस्पताल पुर्याइएको छ । ‘अक्सिजन भर्ने क्रममा विष्फोट भएको हो,’ एक जनाको मृत्यु भएको छ ।’
प्रहरीले मृतकको सनाखत गर्ने काम गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
तपाईंको प्रतिकृया



