फाइल फाेटाे

११ जिल्लाका सबैलाई कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा लगाइयाे

सरकारले ११ जिल्लाका १२ वर्षभन्दा माथिको उमेरका सबैलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाखभित्र सबै नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता जनाएको छ।

मुलुकका केही स्थानीय तहले पनि १२ वर्ष उमेर माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार सोलुखुम्बु, काठमाडौँ, ललितपुर, भक्तपुर, मुस्ताङ, मनाङ, कास्की, गोरखा, नवलपरासी पूर्व, स्याङ्जा र रुपन्देहीमा सबैलाई खोपको पूर्ण मात्रा लगाइएको छ।

“अहिलेसम्म कूल जनसङ्ख्याको ७५.९ प्रतिशतले खोपको पहिलो मात्रा र ६६.४ प्रतिशतले पूर्ण मात्रा लगाइसकेका छन्”, उनले भने। यस्तै १८ वर्षभन्दा माथिका ९४ प्रतिशतले पहिलो मात्रा र ८३.२ प्रतिशतले खोपको पूर्ण मात्रा तथा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामध्ये ९२ प्रतिशतले खोपको पहिलो मात्रा र ७६ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् ।

यस्तै गण्डकी प्रदेशमा १२ वर्षभन्दा माथिका उमेर समूहका शतप्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। प्रदेश नं १ मा ७९.२, मधेश प्रदेशमा ७३.३, बागमती प्रदेशमा ९२.३, लुम्बिनी प्रदेशमा ८५.४, कर्णालीमा ७०.१ र सुदूरपश्चिम प्रदेशमा ७५.६ प्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस