‘समाजवादीले धेरै उपमहानगर दाबी गर्दा गठबन्धनमा समस्या’: प्रचण्ड

सत्ता गठबन्धनको महानगर र उपमहानगरपालिका भागबन्डाका विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पूर्वस्थायी कमिटीका सदस्यहरूलाई ब्रिफिङ गरेका छन्।

प्रचण्डको निजी निवास खुमलटारमा मंगलबार भएको बैठकमा गठबन्धनको भागबन्डाबारे ब्रिफिङ गर्दै प्रचण्डले भरतपुर महानगरपालिका माओवादीको भागमा परिसकेको समेत बताएका छन्।

देशभरका ६ महानगरपालिकामध्ये भरतपुर महानगरपालिका माओवादीले पाउने पक्का भएको बताउँदै उनले पोखरा महानगरपालिकाका कारण गठबन्धनमा औपचारिक सहमति हुन नसकेको समेत बताएका छन् ।

६ वटा महानगरमध्ये ३ कांग्रेसले लिने र ३ अन्य दलले लिने विषयमा गठबन्धनमा सहमति भइसकेको प्रचण्डले बैठकमा बताएका थिए। काठमाडौं, ललितपुर, विराटनगर कांग्रेसलाई, भरतपुर माओवादी, वीरगन्ज जसपाले लिने सहमति भइसकेको उनले बताए।

गठबन्धनमा पोखरा महानगरपालिका नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति भए पनि तलबाट समस्या उत्पन्न भएकाले निर्णय गर्न समस्या भएको समेत प्रचण्डले बताएका छन्।

प्रचण्डले गठबन्धनमा ११ वटा उपमहानगरमध्ये एकीकृत समाजवादीले धेरै उपमहानगरमा दाबी गरेका कारण अन्यौलता भएको बताएका थिए। एकीकृत समाजवादीलाई हेटौँडा लिन भनिएको भए पनि उसले धरान र दाङमा समेत दाबी गरेको प्रचण्डले बताए । महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा गर्न गठबन्धन दलबीच आज पनि छलफल हुँदैछ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

२२९ जना प्रहरी सहायक निरीक्षकमा बढुवा, को-को परे ? (सूची)

काठमाडौँ । नेपाल प्रहरीका २२९ जना प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस