पत्रकार महासंघले आजदेखि मिडिया हाउसहरूमा धर्नासहितको आन्दोलन कार्यक्रम गर्ने

नेपाल पत्रकार महासंघले आजदेखि मिडिया हाउसहरूमा धर्नासहितको आन्दोलनको कार्यक्रम गर्ने भएको छ। श्रमजीवी पत्रकारको शोषण गर्ने तथा अव्यवसायिकरूपमा कामबाट हटाउने मिडिया हाउसविरुद्ध महासंघले धर्नासहितको आन्दोलनको कार्यक्रम गर्ने जानकारी गराएको छ।

महासंघले आइतबार पत्रकार सम्मेलन गरि श्रमजीवी पत्रकारको शोषण गर्ने मिडिया हाउसमा संवादमार्फत समस्या समाधान गर्ने प्रयास सफल हुन नसकेपछि धर्नासहितको आन्दोलनको कार्यक्रम सुरु गर्न बाध्य हुनुपरेको महासंघका अध्यक्ष विपुल पोखरेलले बताए । श्रमजीवी पत्रकार र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्ने मुख्य दायित्वबाट आफूहरु कुनै पनि हालतमा पछि हट्न नसक्ने अध्यक्ष पोखरेलकाे भनाइ थियाे।

आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले आज (सोमबार) र मंगलबार कान्तिपुर टेलिभिजन र यसपछि नागरिक दैनिकमा धर्नाको कार्यक्रम राखेको छ।

पत्रकार दीपा दाहालले आफूलाई कान्तिपुर टेलिभिजनबाट अव्यवसायिक र अपमानपूर्ण ढंगबाट हटाइएको उल्लेख गर्दै न्यायका लागि सहकर्मी पत्रकारहरुसँग आग्रह गरेकी थिइन्। दाहालले नियतपूर्वक आफूमाथि कान्तिपुर टेलिभिजनले गैरव्यवसायिक कदम चालेको भन्दै न्यायका लागि आह्वान गरिन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर …

प्रतिकृया दिनुहॊस