बझाङमा जीप दुर्घटना : एकको मृत्यु, तीन जना घाइते

काठमाडाैं । नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जीप दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए अनुसार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बझाङको सुर्मा गाउँपालिकाबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।

दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने सभापति बोहरासहित तीन जना घाइते भएका छन् । घाइतेहरुको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको छ । प्रहरीका अनुसार जीप शनिबार राति १२ः४० बजे दुर्घटना भएको हो । जीपमा ती महिला र ६ पुरुष गरी नौं जना सवार थिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय विपद् कार्यकारी समितिको निर्णय- खोज तथा उद्धारमा तीव्रता, राहत वितरण प्रभावकारी बनाइने

काठमाडौं । नेपालमा मनसुनजन्य विपद्का कारण प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार अभियानलाई तिव्रता दिने निर्णय गरिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस