डब्ल्यूएचओका महानिर्देशक किन आउँदैछन् नेपाल ?

काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस तीन दिने भ्रमणका लागि वैशाख ८ गते नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा संगठनका महानिर्देशक डा. ट्रेडोस नेपाल आउन लागेका हुन् ।

मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार तीन दिने भ्रमणका क्रममा महानिर्देशकले राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग शिष्टाचार भेट गर्ने छन् । ‘उहाँले भ्रमणको क्रममा राष्ट्रपति, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग भेटवार्ता गर्नुहुने छ,’ उनले भने, ‘यस्तै कोभिड महामारीमा उल्लेखनीय काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण गर्नुहुने छ ।’

उनका अनुसार योबाहेक नेपालले कोभिड नियन्त्रणका लागि गरेका अन्य कामका साथै खोप कार्यक्रमबारे पनि उनलाई जानकारी दिइने छ । महानिर्देशक डा. ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंह पनि नेपाल भ्रमणामा आउने छिन् । उनीहरु भारतको भ्रमण गरेर नेपाल आउन लागेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस