बाबुराम भट्टराईको प्रस्ताव- चुनाव खर्च राज्यले बेहोर्ने नीति बनाऔं

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले चुनाव महँगो भएको तर्फ लक्षित गर्दै दुई विकल्प दिएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत दुई विकल्प अघि सारेका हुन् ।

उनको नजरमा पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो । यसरी हुने राज्यको दोहन रोक्न तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका प्रणालीमा जानुपर्ने डा. भट्टराईलेको भनाई छ ।

यसमा चुनावी खर्च राज्यले बेहोर्नुपर्ने उनले बताए । ‘चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौँ । पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्विकारेर यसो गरौँ:- १. तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका, २. चुनावी खर्च राज्यले बेहोर्ने !’ उनले भनेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप