कस्तो रहला आजको मौसम ?

काठमाडौं । देशका केही प्रदेशका पहाडी भू-भागमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । दिउँसो देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । आज राति प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने विभागले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री