४ जना नयाँ संक्रमित थपिए, ४४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ४ जनामा काेरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ३४२ नमूना परीक्षण गर्दा ४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ४४ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४७९ जना सक्रिय संक्रमित रहेका छन् ।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ६१ हजार २७८ रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री