सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाई

काठमाडौँ । सेवानिवृत्त भएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार आयोजित विशेष समारोहका बीच उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले फूलमालाका साथ मायाको चिनो प्रदान गरी बिदाइ गरेका हुन् ।

सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष श्रीमती सरिता कँणेल खनाललाई सो सङ्घकी उपाध्यक्ष ज्योति केसीले फूलमालासहित बिदाइ गरेकी हुन् । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई सङ्गठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरेका थिए ।

महानिरीक्षक खनालले साङ्गठनिक विकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय केसी र पौडेललाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री