काठमाडाैँ । मेलम्ची खानेपानी आयोजनाको उद्घाटनमा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन् । यसअघि प्रधानमन्त्री देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरी आज मेलम्ची खानेपानी उद्घाटन गर्न सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको थियो ।
निर्वाचन आचारसंहिताका कारण प्रधानमन्त्री उक्त कार्यक्रममा जान नसक्ने भएको खानेपानी मन्त्रालयले जनाएको छ । उद्घाटनमा खानेपानी मन्त्री उमाकान्त चौधरी जाने कार्यक्रम भने यथावत् छ । आज खानेपानी मन्त्रालयले मेलम्चीको अम्बाथानस्थित अडिटमा पुगेर उद्घाटन गर्ने कार्यक्रम राखेको थियो ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार हेडवर्क्स र सुरूङ सफा गर्ने सकिएको छ । अस्थायी रूपमा मेलम्ची खानेपानी चैत मसान्तभित्र काठमाडौं झार्ने सरकारको योजना थियो । गत असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो ।




