नेपाल व्यवस्थापन संघमा प्रद्युम्न पोखरेलको प्रतिनिधित्व

काठमाडाैँ । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा व्यक्तिगततर्फ विजयी भएका छन् । शनिबार राजधानीको याक एन्ड यति होटेलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा उनी विजयी भएको जानकारी दिइयो । कार्यक्रममा मत परिणाम घोषणासहित विजेताबारे जानकारी गराइएको थियो ।

विजयबाट एक बहुमुखी व्यक्तिको नेतृत्वबाट बैंकका सम्पूर्ण कर्मचारीहरुमा थप उर्जा मिल्ने बैंकले विश्वास लिएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम प्रयोग गरी नेपालभरी रहेकोभिसा नेटवर्कमा अन्य जुन सुकै बैंकको एटीएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९०१११००२२, कर्जा सेवाको लागिः ९०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र होटल ली हिमालय बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौँ स्थित होटल ली हिमालय बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस