यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १४ पैसा र बिक्री दर १२१ रुपैयाँ ७४ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ ३१ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५७ रुपैयाँ ९९ पैसा र बिक्री दर १५८ रुपैयाँ ७७ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ५१ पैसा मात्र र बिक्री दर १३० रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३३ पैसा र बिक्री दर ९० रुपैयाँ ७८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ २० पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ६७ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ७६पैसा र बिक्री दर ९ रुपैयाँ ८१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ चार पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ ३० पैसा र बिक्री दर ३२ रुपैयाँ ४६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एनआईसी एसिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

काठमाडौँ । एनआईसी एसिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा कार्यालय पर्सा जिल्लास्थित …

प्रतिकृया दिनुहॊस