गठबन्धनको चुनाव परिचालन समितिको बैठक बस्दै, तालमेलको ‘मोडालिटी’ बारे छलफल

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने समिति सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’ बारे पनि छलफल हुने भएको भुसालले जानकारी दिएका छन् । यसअघि गत बुधबार बसेको समितिको बैठकले २६ चैतभित्र गठबन्धनको अवस्थाबारे प्रतिवेदन बुझाउन तल्ला तहका संयन्त्रहरुलाई निर्देशन दिएको थियो ।

२२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनका अन्य दलका नेताहरू पनि सम्मिलित छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री ओली आउँदा विमानस्थलका अन्य उडान बन्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किन लागेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि …

प्रतिकृया दिनुहॊस