सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ सयले बढेर तोलाको ९९ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो । आज तेजावी सुन तोलाको ९९ हजारमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १३५५ मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि बिहीबार चाँदी तोलाको १३४५ मा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री