सरकार बनाउन मात्र होइन, दीर्घशान्तिका लागि गठबन्धन : गृहमन्त्री खाँण

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई मुलुकको दीर्घशान्तिका लागि भएको बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौं तनहुँ महोत्सवको सोमबार समापन गर्दै उनले गठबन्धनको उपलब्धि सरकार बनाउनु मात्र नभई संविधान रक्षाका लागि भएको जिकिर गरेका हुन् ।

गृहमन्त्री खाँणले लोकतान्त्रिक प्रणालीमा प्रहार भएपछि अहिलेको गठबन्धन बनेको बताए। उनले भने, ‘संविधान बचाउन गठबन्धन गरिएको हो, सरकार प्राप्तिका लागि मात्र होइन। मुलुकको विकास र शान्तिका लागि हो ।’

गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको बताउँदै कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भनेर सरकार गम्भीर रहेको बताए । सीमित स्रोत र साधनका बाबजुद सुरक्षा निकायले गम्भीरतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उनको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री