साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ। गत साताको अन्तिम दिन बिहीबार २३ दशमलव ९५ अंकले घटेको बजार आज पनि ३० दशमलव ८९ अंकले घटेर २ हजार ५१३ दशमलव ४१ बिन्दुमा झरेको हो।
आइतबार २२५ वटा धितोपत्रको ३२ लाख ५३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
आइतबार १३ वटा समूहमध्ये म्युचुअल फण्ड समूह बाहेक बाँकी सबै समूहको परिसूचक घटेको छ । आइतबार ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
शेयर मूल्य सर्किट लाग्ने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्त रहेका छन्। कारोबार रकमको आधारमा सूर्य लाइफ इन्स्योरेन्सको ९ करोड ७२ लाख ५१ हजार २६९ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।
तपाईंको प्रतिकृया



