कोरिया भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन

काठमाडाैँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ । दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरे पनि शनिबारसम्म २५ हजार पाँच सयको मात्र आवेदन परेको छ ।

परीक्षाका लागि आवेदन दिने अन्तिम म्याद सोमबारसम्म मात्र छ । कोरोनाका कारण बीचबीचमा कोरिया जाने क्रम रोकिएका कारण कोरियाको रोजगारी प्रति युवाको आकर्षण घटेको हुन सक्ने ईपीएस शाखाको अनुमान छ ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका कम्प्युटर इन्जिनियर टेकबहादर खड्काले आवेदन दिने अन्तिम म्यादको अघिल्लो दिनसम्म कृषि क्षेत्रतर्फ पाँच हजार पाँच सय र उत्पादनमूलक क्षेत्रमा १९ हजारको आवेदन परको जानकारी दिए । शाखाले हालसम्म परेको आवेदनको आधारमा अन्तिम दिनसम्म ३० हजार पुग्ने अनुमान गरेको छ । -कारोबार दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनसुन सक्रिय भएन, अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा …

प्रतिकृया दिनुहॊस