काठमाडौं । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले सर्वसाधारणका लागि थप निष्कासन (एफपीओ) शुक्रबारसम्म मात्र भर्न पाइने भएको छ ।
माग भन्दा बढी आवेदन परेपछि शुक्रबार बैंकिङ समयपछि आवेदन लिने काम बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थप गरी २०० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । सिटिजन्सको एफपीओ बिक्रीपछि चुक्ता पूँजी ८ अर्ब ७ करोड ९६ लाख १९ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिकृया दिनुहॊस