काठमाडौँ । तीनदिने औपचारिक भ्रमणका क्रममा भारतमा रहेका प्रधान मन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय वार्ता हुँदैछ । देउवा र मोदीबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आज दुई चरणको वार्ता हुने भएको हो ।
हैदराबाद हाउसको नीलगिरी कक्षमा सवा ११ बजेदेखि पौने १२ बजेसम्म देउवा र मोदीबीच सानो समूहमा वार्ता हुनेछ । त्यसपछि पौने १२ बजेदेखि सवा १२ बजेसम्म उच्चस्तरीय प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यसूची छ । वार्तापछि दुवै प्रधान मन्त्रीले चार परियोजना उद्घाटन गर्ने र संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।
- यी चार परियोजना उद्घाटन
-भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक उद्घाटन तथा रेल सञ्चालन शुभारम्भ
-भूकम्पपछि पुनर्निर्माण भएका १३२ स्वास्थ्यचौकीको प्रगति अवलोकन र उद्घाटन
-भारतको तीन अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा निर्मित ९० किलोमिटर लामो सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजना उद्घाटन तथा नेपाल सरकारलाई हस्तान्तरण
-नेपाल र भारतबीच रूपी कार्ड सञ्चालन शुभारम्भ
तपाईंको प्रतिकृया



