मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा आज  पनि पानी पर्ने मौसमविदले बताएका छन् । विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभावका कारण नेपालका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

आज दिउँसो प्रदेश-१, मधेश प्रदेश, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश-१, मधेश प्रदेश, वागमती प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । आज राति प्रदेश-१ लगायत वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहँदा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

विभागका अनुसार प्रदेश-१ का पहाडी भू-भागका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोहीकोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा व्यवसायी कैलाश सिरोहिया पक्राउबारे …

प्रतिकृया दिनुहॊस