कोरोना अपडेटः २६ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार १९२ नमूना परिक्षण गर्दा २६ जनामा मात्र संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ७७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ हजार १४६ जना सक्रिय संक्रमित रहेका छन् ।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेहरुको संख्या ७१ हजार ७२ रहेको पनि मन्त्रालयले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री