महामारीमा फर्किएका श्रमिकमध्ये झण्डै आधाले रोजगारी गुमाए

काठमाडौं । कोरोना महामारीको समयमा विदेशबाट फर्किएका श्रमिकमध्ये झण्डै आधाले रोजगारी गुमाएको पाइएको छ । साउथ एसियन ट्रेड युनियन काउन्सिल (साटुक) ले माइग्रेन्ट फोरम इन एसिया (एमएफए) सँगको साझेदारीमा नेपाली श्रमिकमा गरेको अध्ययनले स्वदेश फर्केका ४८ दशमलव ६ प्रतिशत श्रमिकले रोजगारी गुमाएको तथ्याङ्क अगाडि ल्याएको हो ।

स्वदेश फर्केका श्रमिकमध्ये ३८ दशमलव ७ प्रतिशतको तलब घटेको, १५ दशमलव ५ प्रतिशतले रोजगारीको कार्य समय कम भएको र ६७ दशमलव ७ प्रतिशतले आफ्नो ज्याला गुमाएको उल्लेख गरिएको छ । कोभिड-१९ को महामारी सुरु भएपछि खाडी, मलेसियालगायतका देशबाट नेपाल फर्केका १४२ जना श्रमिकलाई अध्ययनमा समेटिएको थियो। तीमध्ये ३७ दशमलव ६ प्रतिशतले आफूले विदेशस्थित नेपाली नियोगमा उजुरी दर्ता गराएको बताएका थिए ।

स्वदेश फर्केकामध्ये २० दशमलव ४ प्रतिशतले आफूले नेपालमा आइसकेपछि वैदेशिक रोजगार विभाग, स्थानीय तह वा प्रहरीमा उजुरी दर्ता गराएको जानकारी दिएका थिए तर उनीहरूको उजुरीउपर के कस्तो सुनुवाइ भयो भन्ने विषय भने स्पष्ट हुन नसकेको पनि सोही अध्ययनमा उल्लेख छ । गोरखापत्र दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस