फाइल फोटो

चिनियाँ विदेशमन्त्री वाङ आउँदा त्रिभुवन विमानस्थलको उडान केही समय प्रभावित हुने

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण केहीबेर प्रभावित हुने भएको छ ।

विदेशमन्त्री वाङ बेलुका साढे पाँच बजे भारतबाट काठमाडौं आउने तालिका छ । उनको विमान अवतरण हुने बेलामा अरु उडान र अवतरण केहीबेर प्रभावित हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

‘भीभीआईपी पाहुना आउँदा नोटाम नै जारी गरेर विमानस्थल बन्द हुन्थ्यो, आज आउन लागेका पाहुना भीभीआईपी नभइ भीआईपी हो, उहाँको विमान अवतरणका बेला केहीबेर अरु उडान प्रभावित हुन सक्छन्’ सिटौलाले भने ।

आधा घण्टा उडान प्रभावित हुन सक्ने र त्यसका लागि आन्तरिक उडानहरुको तालिका मिलेको र अन्तर्राष्ट्रिय उडानमा पनि खासै समस्या नहुने उनको भनाइ छ । तीन दिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस