वीरगञ्ज नाकाको राजस्व संकलनमा उलेख्य सुधार

काठमाडाैँ । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी हुने विभिन्न वस्तुको आयात निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा उलेख्य सुधार भएको छ ।

विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको प्रभाव कम भएसँगै देशभित्रको उद्योग व्यापारले गति लिएपछि वीरगञ्ज नाकाको आयात निर्यात वृद्धि भई राजस्व सङ्कलनमा सुधार आएको हो ।

गत आर्थिक वर्षको दोस्रो चौमासिकको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज भन्सार कार्यालयले रु ३४ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि फागुनसम्ममा रु एक खर्ब चार अर्ब ८९ करोड राजस्व सङ्कलन गरेको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयले रु ३४ अर्ब पाँच करोड बढीअर्थात् रु एक खर्ब ३८ अर्ब ९४ करोड राजस्व सङ्कलन गरेको छ । यो समीक्षा अवधीको तुलनामा ३२.४६ प्रतिशतले बढी हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री