काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ८ सयले बढेर तोलाको एक लाख ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९९ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुन तोलाको ९९ हजार ८ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १३९५ मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि सोमबार चाँदी तोलाको १३७५ मा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




