काठमाडाैँ । स्थानीयसँगको झडपका क्रममा एक महिला प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार आज बिहान ७ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कर्फ्यू लगाएको हो ।
दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।
फागुपूर्णिमाका दिन शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको विषयले उग्र रूप लिँदा आइतबार घटना भएको हो । झडपमा घाइते महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।
छुरा प्रहारबाट गम्भीर घाइते भएकी उनको अस्पतालका लागि उपचार गर्न लैजाँदै गर्दा बाटोमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । घटनामा अन्य एक दर्जनभन्दा बढी प्रहरी घाइते भएका छन् । प्रहरीले चलाएको गोली लाग्दा एक युवक पनि घाइते भएका छन् ।
प्रतिकृया दिनुहॊस