काठमाडौं । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला चयन भएका छन् । काठमाडौंमा सम्पन्न संगठनको ११ औं अधिवेशनबाट कोइराला सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । कोइराला यसअघि संगठनको वरिष्ठ उपाध्यक्ष थिए । महाधिवेशनले अध्यक्षसहित सम्पूणर् पदाधिकारी सर्वसम्मत रूपमा चयन गरेको हो ।
संगठनको उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह चयन भएका छन् भने महासचिवमा जीवन काफ्ले चयन भएका छन् । त्यसैगरी उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी चयन हुँदा सचिवहरुमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी चयन भएका छन् ।
संगठनको कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन गरिएको छ । गएको फागुन २८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका थिए ।




