इन्जिनियर्स एसोसिएसन लुम्बिनीमा कांग्रेसको प्यानल विजयी

काठमाडाैँ । नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनीको अधिवेशनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानल विजयी भएको छ । एशोसियसनको ३३ औँ केन्द्रीय कार्यकारिणी समिति, नेपाल इन्जिनियरिङ परिषद् र दोस्रो प्रादेशिक कार्यकारिणी समितिको निर्वाचन भएको हो ।

लुम्बिनी प्रदेशको कार्यकारिणी समितिमा दुई सदस्य बाहेक सबै पदमा लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका छन् । प्रादेशिक समितिको अध्यक्षमा शैलेन्द्रप्रसाद श्रेष्ठ, उपाध्यक्षमा लेखबहादुर बस्नेत, सचिवमा गोविन्द पंगेनी, सहसचिवमा अर्जुन गिरी र कोषाध्यक्षमा सन्दीप रेग्मी सहितको प्यानल विजयी भएको हो ।

बाँकी १० सदस्य पदमा ८ जना लोकतान्त्रिक प्यानलबाट र बाँकी दुई जना एमाले निकटको प्यानलबाट विजयी भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस