काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आजदेखि स्थानीय तहको निर्वाचन-लक्षित अभियान ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ देशभर सञ्चालन गर्दैछ ।
एक महिनासम्म चल्ने अभियानका लागि कांग्रेसले देशका ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाएको छ । ३० वैशाख २०७९ का लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले आज आइतबारदेखि एक महिनासम्म अभियान चलाउनेछ ।
अभियानका क्रममा चुनावी माहोल बनाउनुका साथै जनताका कुरा पनि सुन्ने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन् ।कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अभियान ७ ‘स’ मा केन्द्रित हुने बताएका छन् ।
उनका अनुसार यी हुन् अभियानका ७ ‘स’
१. मतदानमा सबैलाई सहभागि हुन अपील
२. आचारसंहिता पालना गर्दै स्वस्थ प्रतिस्पर्धामा
जोड
३. स्थानीय पार्टी संरचना पूणर्ता
४. समृद्धि संवाद
५. जनतासँग सम्बन्ध प्रगाढ
६. समिति र साथीहरूबीच समन्वय र सौहार्दता वृद्धि
७. सत्यतथ्य प्रचार, अनेक भ्रम चिरफार
प्रतिकृया दिनुहॊस