कस्ताे निर्दयी बाबु ? जसले गरे १७ वर्षीय अाफ्नै छोराकाे हत्या

काठमाडौं । बाबु–आमाका लागि आफ्ना सन्तानकाे महत्व कति छ ? याे प्राय सबैलार्इ थाहै छ । तर दुनियाँमा यस्ता पनि बाबू हुँदा रहेछन जसले अाफ्नै सन्तानकाे हत्या गर्छन् । छोरा–छोरीका खुसीका लागि बाबु–आमा जे पनि गर्न तयार हुन्छन् । तर भक्तपुरमा यस्ताे घटना भएकाे छ जाे पत्याउनै गाह्राे हुन्छ तर याे सत्य घटना हाे ।

कुनै  बाबुले यसरी ज्यानै पनि लिंदा रहेछन् । भक्तपुरमा एक यस्तै निर्दयी बाबु जसले घरायसी विवादका कारण आफूैले काखमा सुताएका १७ वर्षीय छोराको क्रूर हत्या गरेका छन् । मोरङ सुनवर्षा नगरपालिका स्थायी घर भएर भक्तपुरको लोकन्थलीमा बस्दै आएका ४० वर्षीय डिल्लीराम चापागाईले  १७ वर्षीय छोरा सागरको हत्या गरेका छन् ।

भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले दाउले घाँटीमा प्रहार गरेर आफूसँगै सुतेका छोराको हत्या गरेको वताएका छन् । छोराको हत्या गरी भाग्दै गरेका चापागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको हाे । सूचना अधिकृत प्रहरी नायब उपरीक्षक पोखरेलले अनुसन्धानका क्रममा डिल्लीरामले घरायसी विवादका कारण आफूले छोराको हत्या गरेको स्वीकारेको  वताएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका ५ जनाको मृत्यु, स्याङ्जामा आमाछोरी बिते

काठमाडौं । गुल्मी र स्याङ्जामा पहिरोमा पुरिएर ७ जनाको जनाको मृत्यु भएको छ भने १ …

प्रतिकृया दिनुहॊस