चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-२ मा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । शुक्रबार साँझ पाँच बजे इच्छाकामना-२ रमाइलोडाँडास्थित भित्री सडकखण्डमा शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २-०३-००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट ४०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका-२ का ३४ वर्षीय नवीन गुरुङ, सोही वडा नं. ३ बस्ने ३० वर्षको प्रतिभा गुरुङ र उनका पाँच वर्षका छोरा ५ का आरोन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शवहरू पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस