नबिल बैंकद्वारा ग्राहकहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम संचालन

नबिल बैंकले प्रदेश नं.१ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धि गर्ने हेतूका साथ क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन गरेको छ । बैंकले आफ्ना ग्राहकको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश गरी नेपाली उत्पादनको प्रवर्द्धनमा जोड दिने लक्ष्य राख्दै सोही क्षेत्रका विज्ञ सूमन शाक्यलाई प्रशिक्षकको रुपमा आमन्त्रित गरी उक्त तालिम आयोजना गरेको र कार्यक्रम नेपालको बैंकिङ क्षेत्रमै पहिलो प्रयासको रुपमा रहेको छ।

शुक्रबार इटहरीमा आयोजित उक्त तालिम कार्यक्रममा बैंकका ४० भन्दा बढी साना तथा मझौला ऋणी ग्राहकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको समीक्षा गर्दै सहभागी ग्राहकहरुले यस किसिमको तालिमले आफ्नो व्यवसायिक क्षमता वृद्धिको लागि अतिनै उपयोगी भएको साथै एक आपसमा अनूभव तथा ज्ञानको आदान प्रदान भएको महसुस गरेको जानकारी गराए।

नबिल बैंकले आफ्नो एसएमई ग्राहकवर्गहरुको व्यवसायको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश एवं बिस्तारका साथै बैंक र ग्राहकबीचको दिगो सम्बन्धलाई लक्षित गर्दै यस किसिमको तालिम आयोजना गरेको र आगामी दिनमासमेत यस्ता किसिमका ग्राहकमूखी कार्यक्रमहरु संचालन गरिने नबिल बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त विभागका प्रमूख निरजकुमार बस्नेतले बताए । साथै, यस्ता किसिमका ग्राहकमूखी कार्यक्रमहरु संचालन गरी बैंकले नाफारहित बैंकिङको अवधारणा अनूरुप आफ्नो दिगो बैंकिङको लक्ष्य प्राप्ति गर्ने बताए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस