काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभाव देखिएको छ । आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
आज दिउँसो पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश-१ का एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यता सफा रहने विभागले जनाएको छ । विभागका अनुसार आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।
तपाईंको प्रतिकृया




