जनरल इन्स्योरेन्सकाे अर्धबार्षिक मार्केटिंग कन्फेरेन्स-०७८ सम्पन्न

जनरल इन्स्योरेन्सको फाल्गुन १९, २० र २१ गते पोखराको होटेल एल्लो प्यागोडा प्रा लिमा देशैभरका बजार विभागका कर्मचारीहरु, उच्च व्यवस्थापक तथा संचालक सदस्यहरुकाे उपस्थितिमा अर्धबार्षिक मार्केटिंग कन्फेरेन्स ०७८ सम्पन्न भएकाे छ ।

कार्यक्रममा शाखा कार्यालयहरुको विगत बर्षहरुको समीक्षा, कार्यप्रगति, समस्या र त्यसका समाधान र आगामी बर्षका रणनितिक योजनाहरु पनि छलफल भयो । उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कम्पनीका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुरले गरेका थिए ।

पोखरा शाखा प्रमुख शिवप्रसाद देवकोटाले स्वागत गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले अध्यक्षता ग्रहण गरेका थिए । संचालकद्वय ज्ञानेश्वर आचार्य र अमृत बन्जाडेको प्रमुख आतिथ्यतामा तीन दिनसम्म सभा संचालन गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट शाखा र उत्कृष्ट बजार कर्मचारीलाई पनि सम्मानसहित ताम्रपत्र प्रदान गरिएको थियो । संचालक ज्ञानेश्वर आचार्यले कार्यक्रम राम्रो भएको, शाखा कार्यालयहरुको समीक्षा सकेसम्म त्रैमाशिक अवधिमा कार्य समीक्षा समय सापेक्ष हुने र योजना पनि यथार्थपरक हुने बिषयमा जोड दिए। बजारमा गरिएका अनावश्यक हल्लाहरुको पछि नलाग्न र दत्तचित्त भई कम्पनीको योजना र उद्देश्यमा अघि बढ्नको लागि हौसला प्रदान गरे ।

अन्त्यमा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत शाखा तथा कर्मचारीहरुलाई बधाई दिँदै सम्पूर्ण शाखाका कर्मचारीहरुलाई उच्च मनोबल राखी, हल्लाको पछि नलागि, अनुशासित रुपले उत्कृष्ट कार्यसम्पादन गर्नु पर्नेमा जोड दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री