नेप्से परिसूचक १ दशमलव ५४ अंकले बढ्यो

कारोबार हुने साताको दोस्रो दिन सोमबार (आज) शेयर बजारमा झिनो अंकको वृद्धि आएको छ। आइतबार ३ दशमलव ६६ अंकले घटेको बजार आज कारोबार भएदेखि नै घट्न थाले पनि अन्त्यमा १ दशमलव ५४ अंकले बढेर २ हजार ५४४ विन्दुमा पुगेको छ।

सोमबार २३० वटा धितोपत्रको ५३ लाख १५ हजार २९२ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सोमबार १३ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

कारोबार रकमको आधारमा आज पनि शिवम् सिमेन्टको २७ करोड ६९ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री