श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं ।पोखरा महानगरपालिकाको लेखनाथमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका  – २७ का  कमल कुमालले आफनै श्रीमती सुन्तली कुमाललाई  गैतीले  हिर्काउदा मृत्यु भएको हो । कमलले मदकपदार्थ सेवन गरी श्रीमतीमाथि गैंतीले प्रहार गरेका प्रहरीले जनाएको छ ।

कमललाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा चलाएको छ । दुई वर्षअघि छोराको ज्यान गएपछि उनीहरुको बीचमा झगडा हुँदै आएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री