काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डका उच्च अधिकारीको पेलाइमा परेका उपसचिवहरू एउटै पदमा १२ वर्षसम्म जागिर खान बाध्य भएका छन् । बोर्डका अध्यक्ष र सदस्य सचिवले बढुवाको फाइल अघि नबढाउँदा उनीहरू बिचल्लीमा परेका हुन् ।
वर्षौँसम्म एउटै पदमा बसेर दिक्क भएका उनीहरुले मापदण्ड बनाएर बढुवा गर्न माग गरिरहेका छन् । तर बोर्डका सदस्य सचिव दुर्गा अर्यालले मन्त्रालयका कारण बढुवा गर्न नसकिएको बताए । तर बोर्ड स्रोतले भने अध्यक्ष र सदस्य सचिवले तत्काल बढुवा गर्न नचाहेका कारण लामो समयदेखि बढुवाको प्रतीक्षामा रहेका सुब्बादेखि उप-सचिवसम्मका दर्जनौं कर्मचारी बढुवा हुनबाट वञ्चित भएको बताएको छ ।
एक उप-सचिवले भने- ‘आफूसँगै निजामती र प्रशासन सेवामा काम गरेका साथीहरू सहसचिव भइसकेका छन् । आफूभने १२ वर्षदेखि उप-सचिवमै बस्न बाध्य छु ।’ -नेपाल समाचारपत्र दैनिकबाट
तपाईंको प्रतिकृया




