काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी आंशिक निषेधाज्ञा पूर्ण रूपमा हटाइएको छ । ओमिक्रोन भेरिअन्ट फैलिएसँगै नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु भएपछि लागू गरिएका सबै प्रकारका प्रतिबन्ध आजबाट लागू हुने गरी हटाइएको हो ।
शुक्रबार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । तीनवटै जिल्लाले अलग-अलग रूपमा जारी गरेको आदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू भएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको जानकारी दिइएको छ ।
कोरोना सङ्क्रमण फैलिएसँगै मन्त्रिपरिषद्को निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले विगतमा विभिन्न समयमा प्रतिबन्ध लगाएको थियो । उपत्यकामा माघ २३ गतेबाट स्मार्ट लकडाउन लागू गरिएको थियो ।

तपाईंको प्रतिकृया




