जसपा अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको जारी बैठकले अध्यक्ष उपेन्द्र यादवले विगतमा प्रयोग गर्दै आएको अधिकार कटौती गरेको छ।

पार्टीभित्र ‘एकलौटी निर्णय गर्ने गरेको’ भन्दै ‘सामूहिक र समावेशीको नेतृत्व’ को माग गर्दै आएका असन्तुष्ट बाबुराम भट्टराई पक्षधरको दबाब बढ्दै गएपछि अध्यक्ष यादवको अधिकार पहिलोपटक कटौती भएको हो।

जारी बैठकले स्थानीय तहको निर्वाचनको उम्मेदवारी मनोनयनमा अध्यक्षको अधिकार कटौती गर्दै हस्ताक्षरको अधिकार पार्टीका केन्द्रीय बोर्ड सदस्य अशोक राईलाई दिएको छ।

यसअघि यादवले हस्ताक्षर गर्दै आएका थिए। उनले आफ्नो हस्ताक्षर चल्नुपर्ने अडान राखे पनि बहुमत केन्द्रीय सदस्यले हस्ताक्षरको अधिकार राईलाई दिनुपर्ने अडान राखेपछि उनी पछि हटेका हुन्। एकल नेतृत्व गर्दै आएका यादवको थप अधिकार कटौती गर्दै यादव, भट्टराई र राई नेतृत्वको केन्द्रीय बोर्डको गठन गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री