काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सयले घटेर तोलाको ९७ हजार ६०० मा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९८ हजार २०० मा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुन तोलाको ९७ हजार १ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १३३५ मा कारोबार भएको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




