काठमाडाैँ । बझाङको बुङगल नगरपालिका-३ जुगेपानीमा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
बिजगाडाबाट रमलेकतर्फ जाँदै गरेको से १ त १४४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका स्थानीय ३८ वर्षीय जयबहादुर बोहराको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार सोही स्थानका ४० वर्षीय हर्कबहादुर बोहरालाई उपचारका लागि धनगढी लगिएको छ । ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको अस्थायी प्रहरी पोष्ट बिजगाडाले जनाएको छ ।
तपाईंको प्रतिकृया




