एमसीसीबारे संस्थागत निर्णय लिन माओवादी केन्द्र र नेकपा ‘एस’ को बैठक बस्दै

काठमाडौँ । एमसीसी पारित गर्नेबारे संस्थागत निर्णय गर्न सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को बैठक बस्दैछ । माओवादी र नेकपा एसले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय लिन बैठक डाकेका हुन् ।

माओवादी केन्द्रको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा अहिले बिहान बस्दै छ भने एकीकृत समाजवादीले ११ बजे सचिवालय बैठक बोलाएको छ । एमसीसी सम्झौताबारे विवादमा आएका बुँदाहरूलाई कानुन व्यवसायीहरूले व्याख्यासहितको टिप्पणी तयार पार्ने र सोही व्याख्यामा टेकेर सम्झौता पारित गर्ने गरी बैठक बोलाइएको बुझिएको छ ।

तर, यी दुवै पार्टीभित्र एमसीसीको चर्को विरोध रहेकाले नेतृत्वलाई संस्थागत निर्णय गराउन हम्मेहम्मे पर्ने देखिएको छ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा एमसीसीबारे छलफल गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा बैठकअघि नै एमसीसीबारे साझा धारण तयार गर्न सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एसको बैठक बस्न लागेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री