युनाईटेड इन्स्योरेन्स र दुई वाणिज्य बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले दुई वाणिज्य बैंकसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । कम्पनीले एनआईसी एशिया बैंक र राष्ट्रिय बाणिज्य बैंकसँग बैंकास्योरेन्स सम्झौता गरेको हो । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार डंगोल र युनाइटेड इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बैंकास्योरेन्स सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

त्यस्तै  एनआईसी एशिया बैंकका काम प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र यूनाईटेड इन्स्योरेन्स कम्पनीका भट्टराईले बैंकास्योरेन्स सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले कर्जा प्रवाह गर्दा कर्जाधितोको बीमा यूनाईटेड इन्स्योरेन्समा गर्ने बताइएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिजीले ल्यायो बीएलडीसी सिलिङ फ्यान बजारमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ …

प्रतिकृया दिनुहॊस