जसपा कार्यकारिणी समिति बैठक फागुन १३ गते

जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक फागुन १३ गते बस्ने भएको छ। जसपाले पार्टीभित्र देखिएको आन्तरिक मतान्तरबारे निर्णय लिन फागुन १३ गते बिहान ११ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक बोलाएको हो।

बैठकमा मुलुकको समसामयिक राजनीति, पार्टीभित्रको विवाद, संसदमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत विषयमा छलफल हुने जनाइएको छ।

जसपाभित्र एमसीसीबारे पक्ष र विपक्षमा विचार आइरहेका छन्। जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको समर्थन जनाएका छन् भने अध्यक्ष उपेन्द्र यादव खुलेका छैनन् ।जसपाको कार्यकारीणी समितिमा ३५ सदस्य छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

१५ जना बङ्गलादेशी पक्राउ, अध्यागमन विभागमा बुझाइयो

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds